+
+

माओवादी केन्द्रीय समिति बैठक : उपाध्यक्षको लहरमा नन्दकिशोर पुन

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् । पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १३:५४
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२१ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति  बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन् । उनी यसअघि पनि पार्टी बैठकमा सहभागी भएका थिए ।

केन्द्रीय समिति  बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा बसेका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।

पुन बस्ने ठाउँअघि उपाध्यक्षको ‘नेमप्लेट’ राखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

यसअघि आजै बिहान स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?