
काठमाडौं । सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक गरेको छ ।
सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको नयाँ बिस्पोक वासिङ मेसिन सार्वजनिक गरेको हो ।
स्मार्टथिङ्क एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वासिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीको भनाइ छ ।
साथै प्रयोगकर्ताको धुलाइको किसिमलाई बुझेर एआई पर्सन्लाइजेसन सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउने कम्पनीको दाबी छ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई सजिलै प्रयोगकर्ताको घरमा फिट हुने र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्ने छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई विधि गरी गहिराइलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ ।
यो नयाँ वासिङ मेसिनले स्लिक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार डब्लूडब्लू१२डीजी५बी२४एक्सआईएम र एलईडी डिस्प्ले भएको डब्लूडब्ली१२डीजी६बी२४एबीआईएमआई मोडलको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ तोकिएको छ ।
यस वासिङ मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा देशभरि उपलब्ध गराइएको छ ।
प्रतिक्रिया 4