+

जय ट्रफी : पुलिसका ललितले पूरा गरे पाँच विकेट

२०८१ पुष  २१ गते १४:२२ २०८१ पुष २१ गते १४:२२
जय ट्रफी : पुलिसका ललितले पूरा गरे पाँच विकेट

२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा ललित राजवंशीले ५ विकेट पूरा गरेका छन् ।

विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मीबीचको खेलमा पुलिसका ललितले पाँच विकेट पूरा गरेका हुन् ।

ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद र विवेक यादवको विकेट लिए ।

ललितले हालसम्म ११ ओभरमा ३८ रन दिएर ५ विकेट लिएका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २६औं ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ ।

जय ट्रफी एलिट कप ललित राजवंशी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय