+
+

उपनिर्वाचनबारे एमालेको समीक्षा : शहरी क्षेत्रमा अझ मिहिनेत गर्नुपर्ने देखियो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १४:५७

२१ पुस, काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनको नतिजाले शहरी क्षेत्रमा पार्टीले अझै मिहिनेत गर्नुपर्ने शिक्षा दिएको निष्कर्ष निकालेको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उपचुनावमा एमालेले अपेक्षित मत ल्याउन नसकेको उल्लेख गरिएको छ । ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गम्भीतारपूर्वक लिनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

यद्यपि उपनिर्वाचनको नतिजाबाट भविष्यको निर्वाचनको पूर्वानुमान गर्न नसकिने एमालेको ठहर छ । १.२६ प्रतिशत मतदाता मात्र सहभागी भएको उपचुनावको नतिजालाई भविष्यकै संकेत भनेर बुझ्न नसकिने व्याख्या एमाले गरेको छ ।

तर, सानै संख्याको उपनिर्वाचनबाट महत्वपूर्ण शिक्षा लिनुपर्ने प्रतिवेदनमा भनिएको छ । ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिंदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किंदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ’, प्रतिवेदनमा लेखिएको छ, ‘आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरुले थप मिहिनेत गर्नुपर्ने र शहरिया मतदादामाझ नेकपा (एमाले)ले अझै मिहिनेत गर्नुपर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?