+

बाढी पसेको ४ महिनापछि च्यासल खेल मैदानको सरसफाइ (तस्वीरहरू)

२०८१ पुष  २१ गते १५:३२ २०८१ पुष २१ गते १५:३२

डोजरको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले अनलाइनखबरलाई जानकारी दिए ।

बाढी पसेको ४ महिनापछि च्यासल खेल मैदानको सरसफाइ (तस्वीरहरू)

२१ पुस, काठमाडौं । बाढीले क्षतिग्रस्त ललितपुरको च्यासलस्थित च्यासल खेल मैदानको सरसफाइ सुरु गरिएको छ । गत असोजमा आएको बाढीले खेलमैदानमा क्षति पुर्‍याएको थियो । बाढीले क्षति गरेको चार महिनापछि च्यासल युथ क्लबले खेलमैदानको सरसफाइ सुरु गरेको हो ।

डोजरको सहयोगमा बाढीले मैदानमा थुपारेको माटो र फोहोर फाल्ने काम भइरहेको च्यासल फुटबल क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले अनलाइनखबरलाई जानकारी दिए ।

बागमतीको बाढी च्यासल रंगशालामा पस्दा खेल मैदानमा सबैभन्दा धेरै हिलो र फोहोर थुप्रिएको उनले बताए ।

यस्तै पूर्व र पश्चिमपट्टी तीन तला र दक्षिणपट्टी दुई तलाको प्यारापिट मुनि पनि फोहोर जमेर बसेको उनले बताए । उनले भने, ‘ प्‍याराफिटको सबै ब्लकमा दुई शौचालय बनाइएको छ । ती सबै शौचालयमा फोहोरमैला भरिएको छ । हामीले ४ दिनदेखि निरन्तर सफा गरिरहेका छौं।’

रंगशालाको मुख्य प्रदेशद्वारबाटै छिरेको बाढीले हराभरा मैदान हिलाम्य भएको थियो । पूर्वपट्टी रहेको मुख्य द्वारबाट छिरेको बाढीले निकास नपाउँदा मैदानमा हिलो र फोहोरसहितको पानी जमेर घाँस मैदानमा क्षति पुगेको उनले बताए।

यता, दक्षिणतर्फको निर्माण गरिएको प्याराफिटमुनि चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टरमा पनि बाढीले क्षति पुर्‍याएको उनको भनाइ छ।

‘बाढीले चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टरमा फोहोर थुपारेको मात्रै होइन, क्षति नै गरिदिएको छ । जसले गर्दा सरसफाइ गर्न निक्कै सास्ती भइरहेको छ,’ उनले भने ।

च्यासल रंगशाला सफा गर्न ललितपुर वडा-९ बाट आफूहरूले सहयोग पाइरहेको भए पनि सरकार र एन्फाले कुनै सहयोग नगरेको व्‍यञ्जनकारले गुनासो गरे ।

उनले भने, ‘हामीलाई रंगशालामा बाढीले थुपारेको फोहोर सफा गर्न अहिलेसम्म ललितपुर- को वडा नम्बर ९ ले मात्रै साथ दिएको छ । बाँकी कसैले साथ दिएको छैन । सरकार र एन्फा त कानमा तेल हालेर बसेको छ ।’

निर्माणका लागि डाँफे–प्रेरणा प्रतिष्ठा जेभीले ३३ करोड रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । मनोहरा करिडोरको मापदण्डका कारण संरचनाको नक्सा परिवर्तन गर्नुपरेको र हरेक वर्ष आउने मनोहराको बाढीले असर गरेको बहानामा ठेकेदार कम्पनीले निर्धारित समयपछि ६–६ महिनाको दरले ६ पल्ट म्याद थप गरिसकेको थियो ।तर गत असोजमा आएको बाढीले सबै लथालिङ पारिदिएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

च्यासल खेल मैदान
लेखक
आर्यन धिमाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय