+
+

७५ प्रतिशत कैद छुटविरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २१:५५

२१ पुस, काठमाडौं । द्वन्द्वकालिन घटनामा संलग्न कसुरदारहरुलाई भारी कैद छुट दिने गरी बनाइएको कानुनी व्यवस्था खारेज हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ताहरु पूर्णप्रसाद पौडेल र ज्ञानेन्द्र आरणले सत्य निरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता छानबिन आयोग ऐनमा भएको ७५ प्रतिशत कैद छुटको व्यवस्था खारेजीको माग राखेका हुन् ।

संविधानमा भएको न्यायको हक, समानताको हकको प्रतिकुल हुने गरी उक्त कानूनी व्यवस्था राखिएको भन्दै उनीहरुले त्यसलाई बदर गर्न माग राखेका छन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता छानविन आयोग ऐनमा द्वन्द्वकालिन घटनाको सत्यतथ्य पत्ता लगाउन अनि अनुसन्धानमा सहयोग गरेमा कसुरदारहरुलाई ७५ प्रतिशतसम्म कम कैदको मागदावी गरी अभियोग लैजान सकिने व्यवस्था थियो ।

उक्त व्यवस्थाले न्यायको आशामा बसेका द्वन्द्वपिडितहरुमाथि आघात भएको र द्वन्द्वकालमा मानव अधिकार उल्लंघनमा संलग्नहरुले झनै लाभ पाउने भन्दै उनीहरुले रिटनिवेदनमा ७५ प्रतिशत कैद छुटको व्यवस्था खारेजीको माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?