+
+

नेसनल डिजाइनर रन वेको उपाधि लिम्बुलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १७:१०

काठमाडौं । फेसन डिजाइनरको प्रतिस्पर्धा ‘द नेसनल डिजाइनर रन वे २०२४’को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन् । भक्तपुरमा आयोजित पाँचौं संस्करणको प्रतिस्पर्धाको उपाधि उनले जिते ।

१४ जना फेसन डिजाइनरबीचको प्रतिस्पर्धामा सबी श्रेष्ठ ‘फस्ट रनरअप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनरअप’ भए ।सजिना मोनिकर ‘मस्ट पपुलर’ घोषित भइन् ।

विजेतालाई उपसभामुख इन्दिरा राना, निर्णायक र आयोजक टोलीका सदस्यले ताजसहित पुरस्कार प्रदान गरे । राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा कार्यक्रम भएको हो ।

प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरले सहभागिता जनाएका थिए । प्रस्तुत पहिरनलाई ३८ जना मोडलले र्‍याम्पमा प्रस्तुत गरे । गरेका थिए । प्रतियोगितामा मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र शोभा श्रेष्ठ निर्णायक थिए । प्रतिस्पर्धा रोजिन शाक्यको कोरियोगाफीमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?