+
+

राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राप्रपाका नेता पुष्पराज पौडेल (पुरुष) पनि जोडिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २२:००

२१ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् । राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।

उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । यो सहकारीले बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।

यता प्रहरीले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका ४२ वर्षीय पुष्पराज भने सार्वजनिक रूपमा मिडियामा अन्तर्वार्ता दिँदै हिडेका छन् । उनी यसअघि पनि ठगीको आरोपमा पक्राउ परेका थिए ।

यसअघि एमाले नेता सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितले समेत उनीसँग बयान लिएको थियो । उनी तत्कालीन हर्बो इन्टरनेसनलका प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष हुन् । उनीमाथि नेटवर्किङ शैलैमा ठगी गरेको आरोप छ ।

नक्कली लालपुर्जा बनाएर ठगी गरको आरोपमा समेत उनी २०७५ सालमा पक्राउ परेका थिए । अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरूले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

कुनै समय उनी नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेस्ट इन्टरनेसनलबाट पीडित बनेर कारबाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजक थिए ।

त्यस दौरान उनले न त आफ्नो गुमेको पैसा फिर्ता पाए, न त ठगीमा संलग्नमाथि कारबाही नै भयो । बरु उलटै पौडेल पनि अर्को नेटवर्किङ व्यवसायतिरै अकषिर्त भए । र, हर्बो इन्टरनेसनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बनेका थिए ।

 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?