+
+

एक ध्रुवीय विश्वको चर्चा खण्डित भइसक्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १८:०१

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक ध्रुवीय विश्वको चर्चा खण्डित भइसकेको दाबी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले चीनलाई घेरा हाल्नका लागि अमेरिकासहितका पश्चिमा देशहरू रणनीति सहित अघि बढेको बताएका हुन् ।

केन्द्रीय समिति बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।

‘अन्तर्राष्ट्रिय परिस्थिति एक ध्रुवीय विश्वको चर्चा पश्चिमाहरूले गरिरहेका थिए । त्यो अहिले रहेन,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धेत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘चीनलाई घेरा हाल्न अमेरिका रणनीति सहित आएको छ । समग्र पश्चिमा नै चीनको विरुद्ध घेरा हाल्न लागेको छ ।’

त्यसको प्रतिवाद चीनले आफ्नो ढंगले अघि बढाएको उल्लेख गर्दै प्रचण्डले अघि भने, ‘यसले विश्वको चर्चालाई खण्डित गरेकै छ । यो अवस्थामा नेपालमा विभिन्न खालका ध्रुवीकृत गतिविधि हुन सक्छन् । यसलाई ख्याल गरेर नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्छ । बनाउँछ । यसमा हामीले पहलकदमी लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?