+

माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलमा दुई आशिष र नवाङ्ग विजयी

२०८१ पुष  २१ गते १८:११ २०८१ पुष २१ गते १८:११
माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलमा दुई आशिष र नवाङ्ग विजयी

२१ पुस, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा ध्लिखेलको हिमालयन मोटरल्याडमा माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ ।

फेस्टिभलमा दुई आशिष हावी भए । आशिष भारतीले अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्यले कार्ट्समाण्डु कपको उपाधि जिते । यस्तै नवाङ्ग मोक्तानले नेपाल अटोजिमखाना (महिला) मा पहिलो स्थान हात पारिन् ।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसनको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनर्जिज नेपालको शीर्षक प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषदको अर्थिक सहयोगमा भएको सो फेस्टिभलमा मोटरस्पोर्टसका चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनीलगायतका विभिन्न आकर्षण रहेको थियो ।

फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार दोस्रो र सुन्दर होना तेस्रो भए । कार्ट्समाण्डु कपमा प्रविन कार्की दोस्रो र जय प्रताप मास्के तेस्रो तथा जिमखाना पुरुषमा रविन सुनुवार दोस्रो र दिग्विजय आचार्य तेस्रो भए । यसैगरी जिमखाना महिलामा वर्षा बस्नेत दोस्रो र प्रज्ञा कडेलले तेस्रो भए ।

विजेताहरुले जनही क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनर्जिजको गिफ्ट ह्याम्पर पनि प्राप्त गरे ।

बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।

सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्टसमा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला बढाएका थिए ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय