+
+

वर्ल्ड अफ डान्स युएसका लागि नेपालमा छनौट प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १९:२५

‘वर्ल्ड अफ डान्स नेपाल’को छनौट प्रतियोगिता यही बिहिबार २४ गते काठमाडौंमा हुँदैछ । यसबाट छनौट भएका प्रतियोगीले आफ्नो देशको प्रतिनिधित्व गर्दै वर्ल्ड अफ डान्स यूएसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

अमेरिकाको सर्वोत्कृष्ट डान्स प्लेटफर्म वर्ल्ड अफ डान्समा विश्वभरका २५ देशका करिब एक लाख नृत्य प्रतिभा सहभागी हुने गरेका छन् ।

देशभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने ध्येयले नेपालमा सो प्रतियोगिता गर्न लागिएको आयोजक मण्डला इन्टरटेनमेन्टले जनाएको छ । यसका निर्णायकमा जेडी तमु, निशान गाैचन, मुकेश ढकाल रहेका छन् । च्याम्पियनसीपको आर्टिस्टिक डाइरेक्टरमा जेडी तमु रहेका छन् ।  प्रतियोगिताका  लागि देशभरबाट तीन सय बढी आवेदन परेको छ । उनीहरुले डिजिटल अडिसनमार्फत आवेदन दिएका हुन् । त्यसमध्येबाट ५० प्रतियोगी छनौट गर्न लागिएको आयोजकको भनाई छ ।

यसका लागि अपर डिभिजन र जुनियर डिभिजन गरी नृत्य प्रतिभाहरु खोजी गरिनेछ । १८ बर्ष उमेर माथिका लागि अपर डिभिजन र सोभन्दा मुनीका लागि जुनियर डिभिजन वर्गीकरण गरिएको छ । अपर डिभिजनमा सोलो, डुओ, ट्रायो र क्वाडमा स्पर्धा गर्न पाउनेछन् । यसैगरी जुनियर टिमले तीन विधामा सहभागीता जनाउन पाउनेछन् ।

अपर टिममा १५ र जुनियरबाट १० टिम बनाइनेछ । यसका विजेताहरुले नगद एक लाख रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

प्रथम, दोस्रो र तेस्रो हुनेले अमेरिकाको लस एन्जेल्स कन्भेसन सेन्टरमा आयोजना हुने वर्ल्ड अफ डान्स, युएसका लागि सहभागी हुन पाउनेछन् । सो प्रतियोगिता १६ देखि २५ जुलाईसम्म हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?