+

बागमती प्रदेश लिगको उपाधि चितलाङ्गलाई

२०८१ पुष  २१ गते १९:२७ २०८१ पुष २१ गते १९:२७
बागमती प्रदेश लिगको उपाधि चितलाङ्गलाई

२१ पुस, काठमाडौं । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको छ ।

फाईनलमा चितलाङ्गले दोलखाको टाईगर टिमलाई ३-० गोलले पराजित गर्यो । चितलाङ्गका लागि सुजित वुढाथोकीले २ र आयुष कुंवरले १ गोल गरे ।

चितलाङ्गका सुजित वुढाथोकी मोष्ट भ्यालुएवल प्लेयर घोषित भए । उनले नगद १५ हजार हात पारे । चितलाङ्गको सुन्दर चन्द श्रेष्ठ वेष्ट किपर, जनक कोईराला वेष्ट डिफेन्डर, विज्ञान खड्का वेष्ट मिडफिल्डर, रुपेश क्षेत्री बेष्ट कोच घोषित भए भने टाईगर टिमका सुजन माझी बेष्ट स्ट्राईकर चुनिए । व्यक्तिगत विधातर्फ उत्कृट भएका खेलाडीहरुले जनही ५ हजार प्राप्त गरे ।

विजेता चितलाङ्गले टफ्री सहित नगद दुई लाख, उपविजेता टाईगर टिमले १ लाख नगद हात पार्यो ।

चितलाङ्गले सेमिफाईनलमा ललितपुरको लक्कीस्टार क्लबलाई ३–१ , लिग चरणमा काभ्रेको माउन्ट एभरेष्ट एफसीलाई ३–० र चितवनको विएफसीलाई २–० गोलले पराजित गरेको थियो ।

बागमती प्रदेश फुटबल संघद्धारा हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा लिगकम नकआउटको आधारमा पुस १० गतेदेखि सञ्चालित लिगमा जिल्ला लिग च्याम्पियन क्लबहरु पदम पोखरी युवा क्लब (मकवानपुर), विएफसी (चितवन), धुनिवेसी युथ समाज (धादिङ्ग), वट्टार युथ क्लब (नुवाकोट), चित्लाङ्ग फुटबल क्लब (काठमाण्डौ), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेष्ट एफसी (काभ्रे), चौतारा स्पोटिङ्ग (सिन्धुपाल्चोक), टाईगर टिम (दोलखा), व्लु अल्पाईन (सिन्धुली) र ललितपुरबाट लक्की स्टारक्लबको सहभागीता रहेको थियो ।

चितलाङ्ग र टाईगर टिम अखिल नेपाल फुटबल संघले आयोजना गर्ने एन्फ प्रेसिडेन्ट लिगका लागि छनोट भएको बताइएको छ ।

बागमती प्रदेश लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय