+
+

माओवादी बैठकमा कोशीको ब्रिफिङ- उपनिर्वाचनको परिणामले उत्साह हुनपर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २०:०१

२१ पुस, विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशले उपनिर्वाचनको परिणाम उत्साहित हुने गरी नआएको बताएको छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले प्रदेशको रिपोर्टिङ गर्दै धेरै उत्साहित हुने अवस्था नरहेको बताएका हुन् ।

पार्टी नेतृत्वबीच एकता भएको स्थानमा विजयी भएको र बेमेल भएको स्थानमा पराजित भएको उनको भनाइ थियो । नेतृत्वबीचको एकता र केन्द्रीकरण नभएका कारण परिणाम उत्साहित हुने खालको नआएको बताउँदै उनले भने, ‘त्यसकारण उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट हुने र धेरै उत्साहित हुने अवस्था छैन ।’

उपनिर्वाचनमा मतको हिसाबले प्रदेशमा पहिलो बनेको उल्लेख गर्दै मोरङ ग्रमथान गाउँपालिका, उदयपुरको त्रियुगा–१२ र बेलका–९ मा विजयी भएको थियो ।

सुनसरीको गढी–६, ताप्लेजुङको सिरिजङ्गा–३ मा सन्तोषजनक मतसहित दोस्रो र झापाको कन्काई–६ मा चौथो भएको थियो ।

‘आगामी निर्वाचन २०८४ को तयारीमा जुट्नुपर्छ । उपनिर्वाचनको परिणामले उत्साहित भई फेरि भुइँमा खुट्टा छोड्न खोजिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?