+
+

बारले माग्यो संविधान संशोधनका लागि सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २०:०५

२१ पुस, विराटनगर । कानुन व्यावसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संविधान संशोधनका लागि सुझाव माग गरेको छ ।

सार्वजनिक रूपमा संविधान संशोधनको बहस चलिरहेका बेला उच्च अदालत बार एसोसिएसन विराटनगरले देशभरिका कानुन व्यावसायीहरूसँग संविधान संशोधनका लागि सुझाव माग गरेको हो ।

उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव विनोदकुमार तिमल्सिनाका अनुसार शक्ति पृथकीकरणको सिद्धान्त र न्यायपालिकाको मूल मर्म अधिकारलाई असर नपर्नेगरी सुझाव मागिएको छ ।

न्यायालय, राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनर्संरचना र संवैधानिक अभ्यास, संविधानवाद र संविधान संशोधनको औचित्यलाई पुष्टि गर्ने आधारसहित सुझाव माग गरिएको उनले बताए ।

संविधान संशोधनका लागि आएका सुझावहरूलाई सार्वजनिक रूपमा छलफल गरी राजनीतिक नेतृत्वलाई सुझावको रूपमा हस्तान्त्रण गर्ने बारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?