२१ पुस, काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीले अखिल नेपाल फुटबल संघ (एन्फा) यू–१६ लिग खेल्ने भएको छ ।
विगत लामो समयदेखि नेपाली फुटबलको विकासमा जोड दिदै विदेशी प्रशिक्षकसहित फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको किकर्सले खुमलटार युवा क्लबमार्फत यू–१६ लिग खेल्न लागेको हो ।
यसका लागि किकर्सले खुमलटारसँग सम्झौतासमेत गरिसकेको छ । एन्फामा दर्ता रहेका क्लबहरुले मात्रै लिग खेल्न पाउने नियम भएका कारण किकर्सले उक्त प्रतियोगितामा सहभागिता जनाउन खुमलटारसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार किकर्सले सोमबार आफ्नो पहिलो खेलको रुपमा संकटाको यू–१६ टोलीसँग खेल्ने छ । किकर्सले यसअघि देश तथा विदेशमा समेत भएका विभिन्न उमेर समहको प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ ।
प्रतिक्रिया 4