
२२ पुस, काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको मञ्चमा शहीदको फोटो राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारी मञ्चमा रहँदा दायाँ-बायाँ शहीदका फोटा राखिएका हुन् ।
एकातिर जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको फोटो राखिएको छ भने अर्कोतिर जनयुद्धका अन्य शहीदहरूको फोटो राखिएको छ ।
विगतमा अध्यक्ष प्रचण्डको फोटोसमेत राख्ने गरिएको थियो । यसपटक प्रचण्डको फोटो राखिएको छैन ।
आइतबारको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय सदस्य लेखनाथ न्यौपानले प्रचण्डको फोटो मञ्चमा नराखिनुलाई रुपान्तरणको एउटा उदाहरण भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मञ्च र बैठक कक्षभित्र कतै पनि अध्यक्षको तस्वीर देखिएन । तस्वीर नराख्ने केन्द्रीय कार्यालयको व्यवस्थापन टिमको निर्णय रुपान्तरणको सानो उदाहरण हुनसक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4