+
+

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ११:३८

२२ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो  । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।

काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?