+

जय ट्रफी : पुलिसविरुद्ध दोस्रो इनिङमा अग्रता बढाउँदै आर्मी

२०८१ पुष  २२ गते ११:५० २०८१ पुष २२ गते ११:५०
जय ट्रफी : पुलिसविरुद्ध दोस्रो इनिङमा अग्रता बढाउँदै आर्मी

२२ पुस, काठमाडौं । आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ ।

पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेलमा लन्च ब्रेक भएको छ । पुलिस पहिलो इनिङमा अलआउट भएपछि आर्मीले दोस्रो इनिङ सुरू गरेको छ ।

पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट खेल सुरू गरेकोमा त्यसपछि २२ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका थिए ।

जवाफमा ४ रनले ट्रेल गरेको आर्मीले लन्चसम्म ४ विकेट गुमाएर ७५ रन बनाएको छ र ७१ रनको अग्रता कायम गरेको छ । आर्मीका तृत राज दास २९ र सोमपाल कामी १५ रन बनाएर खेलिरहेका छन् । पुलिसका गुल्शन झाले ३ तथा राशिद खानले १ विकेट लिएका छन् ।

त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय