+
+

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ११:४८

२२ पुस, काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिनकै मूल्यमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हाल प्रतितोला १ लाख ५२ हजार रुपैयाँ छ । अघिल्लो दिन सुन प्रतितोला १५०० रुपैयाँ घटेको थियो । सुनको मूल्य नेपाली बजारमा गत कात्तिक १५ गते हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?