+

जय ट्रफी : बागमतीविरूद्ध दोस्रो इनिङमा ब्याटिङ गर्दै मधेश

२०८१ पुष  २२ गते १२:०३ २०८१ पुष २२ गते १२:०३
जय ट्रफी : बागमतीविरूद्ध दोस्रो इनिङमा ब्याटिङ गर्दै मधेश

२२ पुस, काठमाडौं । आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ ।

जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा लन्च हुँदासम्म मधेशले दोस्रो इनिङको ब्याटिङ गरिरहेको छ । बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट खेल सुरू गरेकोमा १५० रनमा अलआउट हुँदै ४८ रनको अग्रता बनाएपछि मधेशले दोस्रो इनिङ सुरू गरेको हो ।

बागमतीका नन्दन यादवले सर्वाधिक ४७ रन बनाए भने शुभ कंसाकारले ३५ तथा कप्तान सन्दीप लामिछानेले ३३ रन बनाए । मधेशका रुपेश सिंह र अभिषेक तिवारीले ४-४ विकेट लिए भने‍ विशाल पटेल र रन्जित कुमारले १-१ विकेट लिए ।

जवाफमा दोस्रो इनिङमा लन्चसम्म मधेशले ४ ओभरमा १ विकेटको क्षतिमा २६ रन बनाएको छ । मधेश अझै २२ रनले पछाडि छ । मयन यादव र निरज यादव ब्याटिङ गरिरहेका छन् । रिजन ढकालले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै पहिलो इनिङमा १०२ रन बनाएपछि जवाफमा बागमतीले पहिलो इनिङमा १५० रन जोडेको हो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय