
काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान गोल्डेन ग्लोब्स अवार्ड आयोजना भयो । जहाँ विश्वचर्चित कलाकारले रेडकार्पेटमा फेसनको सौन्दर्य प्रस्तुत गरे । गाउन, ओपेरा ग्लोभ, स्टेटमेन्ट बेल्टजस्ता शैली रेडकार्पेटका प्रमुख आकर्षण बने ।
योसँगै हलिउडमा अवार्डको सिजन औपचारिकरुपमा सुरु भएको छ । लस एन्जलसको बेभर्ली हिल्टनमा आयोजित अवार्ड समारोहमा फिल्म र टेलिभिजन क्षेत्रका चर्चित कलाकार सहभागी रहे । शो-स्टपिङ फेसन र हलिउडको स्टार पावर रेडकार्पेटमा स्पष्टरुपमा चम्कियो ।
एन्जेलिना जोली, केट विन्सलेट, सिन्थिया एरिभो, जेन्डाया, पामेला एन्डरसन, डेमी मूर र निकोल किडम्यान रेडकार्पेटमा चम्किएका नामहरू हुन् । डाउने जोन्सन, ‘स्क्विड गेम’ स्टार लि–जङ जे पनि रेडकार्पेटका आकर्षण बने ।
नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा हलिउड अभिनेत्री निक्की ग्लेजर रेडकार्पेटमा प्रस्तुत भइन् । उनले गुरुङले डिजाइन गरेको गोल्ड सिल्क गाउन पहिरिएकी थिइन् ।
तस्वीरहरु
प्रतिक्रिया 4