+
+

काठमाडौं आउन लागेको चिनियाँ फिल्म टोलीमा प्रसिद्ध अभिनेत्री यु हङ पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १४:२०

काठमाडौं । विहिबार काठमाडौंमा हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’मा सहभागि हुन आउने चिनियाँ फिल्ममेकरको भ्रमण टोलीको टुंगो लागेको छ । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले टोलीबारे जनाएको छ ।

१४ सदस्यीय टोलीको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले गर्नेछन् । सूचीमा चर्चित फिल्म ‘जी फर ग्याप’की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जितेकी यु हङ पनि छिन् ।

‘चाइना फिल्म डे’मा स्क्रिनिङ हुने उक्त फिल्मपछि अभिनेत्री हङले सहभागिसँग अन्तक्रिया गर्ने अपेक्षा छ । चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ पनि सूचीमा छन् ।

फिल्म ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत छन् ।

चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

क्यूएफएक्सको छाया सेन्टरमा आयोजना हुने कार्यक्रममा ३ चिनियाँ फिल्म प्रदर्शन हुने तय छन् । जसमा यीहुई साओ निर्देशित ‘हर स्टोरी’ ओपनिङ फिल्मको रुपमा छ ।

युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन हुने तय भएको छ । फिल्म स्क्रिनिङपछि निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गर्नेछन् । समारोहको प्रमुख अतिथिको रुपमा पूर्वअर्थमन्त्री वर्षमान पुन हुने जनाइएको छ ।

आयोजकमध्येको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम दुई मुलुकको जीवन्त संस्कृतिलाई जोड्ने पुल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?