+

सोमपालको अविजित अर्धशतकमा पुलिसलाई आर्मीको बलियो लक्ष्य

२०८१ पुष  २२ गते १४:३२ २०८१ पुष २२ गते १४:३२
सोमपालको अविजित अर्धशतकमा पुलिसलाई आर्मीको बलियो लक्ष्य

२२ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ । पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेलमा टी ब्रेक भएको छ ।

पुलिस पहिलो इनिङमा अलआउट भएपछि दोस्रो इनिङ सुरू गरेको आर्मीले टी ब्रेकसम्म पुग्दा अलआउट हुँदै १७५ रन बनाएको छ । योसँगै आर्मीले १७१ रनको अग्रता कायम गर्दै पुलिसलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ । आर्मीका सोमपाल कामी ८२ रनमा अविजित रहे । तृतराज दासले ३४ रन बनाए । पुलिसका कुशल भुर्तेलले ४ विकेट लिँदा गुल्शन झाले ३, ललित राजवंशीले २ तथा राशिद खानले १ विकेट लिए।

पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरू गरेकोमा त्यसपछि २२ रन जोड्दा अलआउट भएपछि ४ रनको अग्रता बनाएको थियो । पुलिसका गुल्शन झाले सर्वाधिक ४७ रन बनाए । आर्मीका साहब आलम एक्लैले ८ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका थिए ।

त्यसअघि ललित राजवंशी एक्लैले ७ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको थियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसले अब अन्तिम सेसनमा १७२ रन बनाउनुपर्नेछ ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय