+

बागमतीविरूद्ध मधेशको अग्रता बढ्दै, मयन शतकको नजिक

२०८१ पुष  २२ गते १४:४५ २०८१ पुष २२ गते १४:४५
बागमतीविरूद्ध मधेशको अग्रता बढ्दै, मयन शतकको नजिक

२२ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल भइरहेको छ । जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको खेलमा टी ब्रेक हुँदासम्म मधेशले दोस्रो इनिङमा अग्रता बढाइरहेको छ ।

मधेशले ३२ ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाउँदै ११० रनको अग्रता कायम गरेको छ । मधेशका ओपनर मयन यादव ९४ रनमा अविजित छन् । बागमतीका सन्दीप लामिछानेले ३ तथा रिजन ढकाल र नन्दन यादवले १-१ विकेट लिएका छन् ।

बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरू गरेकोमा १५० रनमा अलआउट हुँदै ४८ रनको अग्रता बनाएपछि मधेशले दोस्रो इनिङ सुरू गरेको थियो ।

बागमतीका नन्दन यादवले सर्वाधिक ४७ रन बनाएका थिए भने शुभ कंसाकारले ३५ तथा कप्तान सन्दीप लामिछानेले ३३ रन बनाए । मधेशका रुपेश सिंह र अभिषेक तिवारीले ४-४ विकेट लिए भने‍ विशाल पटेल र रन्जित कुमारले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै पहिलो इनिङमा १०२ रन बनाएपछि जवाफमा बागमतीले पहिलो इनिङमा १५० रन जोडेको हो ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय