+
+

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रले स्थगित गरे आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १४:५६

२२ पुस, काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।

काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?