+

जय ट्रफीमा बागमतीविरूद्ध मयन यादवको शतक

२०८१ पुष  २२ गते १४:५९ २०८१ पुष २२ गते १४:५९
जय ट्रफीमा बागमतीविरूद्ध मयन यादवको शतक

२२ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल जारी छ ।

जनकपुरमा भइरहेको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरेका छन् । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे । मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए ।

मधेश प्रदेशले ३४ ओभरमा ५ विकेटको क्षतिमा १७६ रन बनाएर खेलिरहेको छ भने उसलाई १२८ रनको अग्रता छ ।

जय ट्रफी एलिट कप मयन यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय