+
+

माओवादी बैठकमा विशेष महाधिवेशनको माग

माओवादी नेत्री ओनसरी घर्तीले पार्टीमा विचारको नयाँ बहस चलाउन विशेष महाधिवेशनको आवश्यकता रहेको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १६:००

२२ पुस, काठमाडौं । पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री घर्तीले विशेष महाधिवेशनबाट नयाँ विचारसहित पार्टी अघि बढ्नुपर्ने बताएकी हुन् ।

पार्टीभित्र विचारको बहसको मोर्चा खोल्नुपर्ने बताएकी उनले पार्टीको भावी नेतृत्वको सवालमा पनि त्यही बहस र छलफलले अल गर्ने धारणा राखिन् ।

‘अब घिसेपिटे कार्यशैलीबाट परिवर्तन सम्भव छैन । त्यसैले पार्टीभित्र महान् बहसको मोर्चा खोल्नैपर्दछ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसका लागि विशेष महाधिवेशनमा जाऔँ र महान् बहसमा जुटौँ ।’

विशेष महाधिवेशनको माग गरेकी घर्तीले वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न पनि माग गरिन् । पार्टीको जिम्मेवारीमा रहेका अधिकांशमा बिचलन र स्खलन आएको भन्दै उनले त्यो कसैमा बढी र कसैमा कम देखा परेको जिकिर गरिन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनले हलचल ल्याउने बताउँदै उनले उत्पीडित वर्गको दृष्टिकोणबाट प्रतिवेदन सही भएको धारणा व्यक्त गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?