
२२ पुस, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३१.२ प्रतिशत हो ।
टप १० ब्रोकर कम्पनीमार्फत यस दिन खरिदभन्दा बिक्री धेरै भएको छ । यी ब्रोकर कम्पनीले कुल १ अर्ब ९२ करोडको खरिद गर्दा २ अर्ब १ करोड रुपैयाँको बिक्री गरेका छन् ।
टप १० ब्रोकरमध्ये नासा, इम्पेरियल, अनलाइन, आर्यतारा, क्यापिटल, सारेप्रो तथा डायनामिकमार्फत बिक्री धेरै भएको छ । भिजन, दिपशिखा र सनीमार्फत खरिद धेरै भएको छ ।
यस दिन सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, दोल्ती पावर तथा सप्तकोशी विकास बैंक छन् । सेक्टरअनुसार सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर छ । सो सेक्टरको मात्रै ३ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4