+
+

कोरिया जान पाउनुपर्ने माग राखेर आन्दोलन  (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ पुष २२ गते १७:२२

२२ पुस, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् ।

भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन् ।

‘३ हजार ५ सयभन्दा बढी युवा भाषा परीक्षा पास गरेर नेपालमै बसिरहेका छन् । पानी जहाज कम्पनीमा काम गर्न खुलाएको आवेदनमा अहिलेसम्म १० प्रतिशत व्यक्तिलाई पनि कोरिया पठाएको छैन । १ वर्षभन्दा बढी भइसक्यो ईपीएस पास गरेको,’ आन्दोलनमा सहभागी सुस्मिता योगी भन्छिन् ।

‘भविष्य नै अन्योल भइसकेको छ । न नेपालमा जागिर पाइन्छ, न पास भएको मान्छे कोरिया जान पाइन्छ ? यसरी त सरकारले युवालाई यता न उता गर्दिएको त होनि,’ योगीले अनलाइनखबरसँग गुनासो गरिन् ।

सरकारलाई दबाब दिनका लागि मंगलबार श्रम मन्त्रालयमा गएर विरोध गरिने उनले बताइन् ।

 

  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?