+
+

लम्बियो एमाले केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १७:४२

२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने भएको हो ।

अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेका छन् । ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थालेका छन्’, केन्द्रीय सदस्य गणेश गणेश पहाडीले भने ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ । तर ठूलो कमिटी भएकाले बैठक लम्बिने भएको हो । एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?