+
+

सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति स्थानीय प्रशासनको चासो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १८:५४
फाइल तस्वीर

२२ पुस, काठमाडौं । सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चासो दिएको छ ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सोमबार एक सूचना जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

सोलुखुम्बु जिल्लामा रहेका विभिन्न हेलिप्याडहरूमा आवागमनमा अवरोध पुर्‍याउने गरी झन्डा राखेको खबर सार्वजनिक भएको भन्दै प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतमा समस्या भएको भन्दै गुनासो आएको प्रशासनले जनाएको छ । यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ ।

सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए ।

सोलुखुम्बु क्षेत्रमा राष्ट्रिय निकुञ्ज र स्थानीय तह सरकारले व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेसँगै विवाद कायम छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?