+
+

कोशीका नेतालाई सुविधा थप गर्ने निर्णयमा कारण देखाउ आदेश

संसदीय दलका नेताहरुलाई सुविधा दिने निर्णयविरुद्ध परेको रिटनिवेदनमा उच्च अदालतले त्यसको आधार र कारण मागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १९:१८

२२ पुस,विराटनगर । उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

संसदीय दलका नेताहरुलाई सुविधा दिने निर्णयविरुद्ध परेको रिटनिवेदनमा उच्च अदालतले त्यसको आधार र कारण मागेको हो ।

१३ असोजमा सत्ता पक्षको प्रमुख घटक दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई एउटा हलुका सवारी साधन, एकजना सवारी चालक र मासिक १२५ लिटर इन्धन उपलब्ध गराउने निर्णय राजपत्रमा प्रकाशित थियो ।

सोही दिन प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक १२५ लिटर इन्धन सुविधा थप गर्ने निर्णय भएको थियो । सुविधा थप गर्ने निर्णयविरुद्ध आइतबार उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको थियो ।

उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको हो ।

उच्च अदालतले अन्तरिम आदेश दिने कि नदिने भनी छलफल गर्न २९ पुसमा दुवै पक्षलाई झिकाएको छ ।

अधिवक्ता दर्शनकर्ण राई र प्रेम कुमार घिमिरेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापासहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?