+
+

एमाले बैठकमा प्रश्न- बालकृष्ण छुट्दा टोपबहादुर किन जेलमै ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १९:१४

२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा निलम्बित सचिव टोपबहादुर रायमाझीको विषय उठेको छ ।

केन्द्रीय सदस्य परशुराम अधिकारीले रायमाझीबारे बैठकमा जिज्ञासा राखेका थिए । ‘त्यसबेलाका गृहमन्त्री बालकृष्ण खाँण छुटे, अहिले बाहिरै छन् । तर प्रक्रियामै सामेल नभएका (नक्कली भुटानी शरणार्थी प्रकरण) टोपबहादुर रायमाझी जेलमै हुनुहुन्छ’ अधिकारीको प्रश्न थियो, ‘यो घटनाबाट एमालेमा नेता–कार्यकर्ताको सुरक्षा हुन्न भन्ने सन्देश जाँदैन ?’

रायमाझीकै संरक्षण नहुँदा समायोजन एकता प्रक्रियाबाट आएकाहरुले संरक्षणको अनुभूति नगरेको उनले बताएका थिए । ‘एकता प्रक्रियाबाट आउनु भएका टोपबहादुर जतिको नेताकै संरक्षण नहुँदा तलका नेता कार्यकर्तामा राम्रो सन्देश नगएको उहाँको (परशुराम अधिकारी) कुरा थियो’, बैठकम सहभागी एक नेताले भने ।

नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पुनर्स्थापना हुँदा रामबहादुर थापा बादल, लेखराज भट्टहरुसँगै टोपबहादुर रायमाझी पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कित्तामा बसेका थिए । अहिले रामायझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुपक्र्ष थुनामा छन्, उनको मुद्दा चलिरहेको छ ।

रायमाझीसँगै एमालेमा आएका नेता अधिकारीले अरु पार्टी नेताहरुको पनि विषय बैठकमा उठाएका छन् । ‘अहिले एमालेमा अलिक सानो कमिटीहरु बनेका छन् । त्यसले एकता प्रक्रियाबाट आएका नेताहरु जिम्मेवारीविहीन बन्नुभएको छ’ अधिकारीले भनेका छन्, ‘उहाँहरुको जिम्मेवारीबारे सोचिएन भने फेरि अरु पार्टीमा जाने खतरा हुन्छ, मिसन ०८४ मा असर पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?