+
+

१८ निर्माण तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राख्ने प्रकृया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते ८:५३

२३ पुस, काठमाडौं । सरकारले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रकृया सुरु गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालो सूचीमा किन नराख्ने भनी स्पष्टीकरण मागको छ ।

जारी सूचनामा कालो सूचनामा राख्न नपर्ने कुनै कारण भए आधार प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको हो ।

यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो । अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

आयोजना अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले १९ कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?