+

इन्टरविरूद्ध सानदार पुनरागमन गर्दै एसी मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

२०८१ पुष  २३ गते १०:०० २०८१ पुष २३ गते १०:००
इन्टरविरूद्ध सानदार पुनरागमन गर्दै एसी मिलानले जित्यो इटालियन सुपर कपको उपाधि

२३ पुस, काठमाडौं । टामी अब्राहमले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलानले छिमेकी इन्टर मिलान विरूद्ध सानदार पुनरागमन गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

गएराति साउदी अरेबियाको रियादमा भएको खेलमा एसी मिलानले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इन्टरलाई ३-२ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

डिफेन्डिङ च्याम्पियन इन्टरले दुई गोलको अग्रता लिए पनि कायम राख्न सकेन । इन्टरका लाउतारो मार्टिनेजले पहिलो हाफको इन्जुरी टाइममा र केहदी टारेमीले दोस्रो हाफको दोस्रो मिनेटमै गोल गरेपछि २-० को अग्रता लिएको थियो । तर एसी मिलानले सानदार पुनरागमन गर्‍यो ।

मिलानका लागि ५२ औं मिनेटमा थियो हर्नान्डेजले फ्रि–किकबाट गोल गर्दै खेलमा फर्काएका थिए । त्यसपछि हर्नान्डेजकै पासमा क्रिस्टियन पुलिसिचले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । अनि टामी अब्राहमले खेल सकिन केही समय अघि निर्णायक गोल गर्दै मिलानलाई उपाधि जिताए ।

एसी मिलानले सन् २०१६ यता कुनै पनि उपाधि जितेको यो पहिलो पटक हो । मिलानले समग्रमा आठौं पटक इटालियन सुपरकप जितेको हो ।

इटालियन सुपर कप इन्टर मिलान एसी मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय