२३ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा डेपोर्टिभा मिनेरालाई ५-० गोलअन्तरले हराउँदै रियल अघिल्लो चरणमा प्रवेश गरेको हो ।
रियलको जितमा आर्डा गुलेरले दुई गोल गरे भने फेडेरिको भालभर्डे, एडुआर्ड कामाभिङ्गा र लुका मोड्रिकले १-१ गोल गरे । पहिलो हाफमा तीन गोल गरेको रियलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको पाँचौं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा कामाभिङ्गाले गोल गरेपछि रियल २-० ले अघि बढ्यो । २८औं मिनेटमा गुलेरले गोल गर्दै रियललाई पहिलो हाफमा ३-० ले अगाडि राखे ।
दोस्रो हाफको ५५औं मिनेटमा मोड्रिकले गोल गरेपछि रियलले अग्रता अझ फराकिलो बनाउँदा ८८औं मिनेटमा गुलेरले व्यक्तिगत दोस्रो गोल गर्दै ५-० को जित पक्का गरे ।
प्रतिक्रिया 4