
काठमाडौं । गायिका प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ ल्याएकी छन् । परदेशीका पीडा र भावना समेटिएको गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । गीतलाई अर्पण थिङले एरेन्ज गरेका छन् ।
सपना त धेरै देख्या छ
पूरा हुने हुन् हैन तर धेरै दु:ख छ
आफ्नै घरको यादले नरुने को छ परदेशमा
परिवारको मायाले मन नपोल्ने को छ परदेशमा
गीतको भावले सुनौलो भविष्यका लागि परदेशिनु परेको बाध्यता र त्यहाँ घरपरिवारको याद व्यक्त गर्छ । ‘प्रीति घिमिरे’ युट्युब च्यानलमा गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । प्रीतिले यसअघि सम्राट किरणसँगको सहकार्यमा ‘यो मायालाई फकाउन’ गीत ल्याएकी थिइन् ।
नेपमेलो स्टुडियोमा रेकर्ड भएको ‘घरको यादले’मा नरेन्द्र राई बाँसुरी, अर्पण लामा गितार, मेघराज थापा तबला र हेमन्त कान्छा रसाइली सारङ्गीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4