+
+

एमाले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो, ओलीले थाले समापन सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १४:४५

२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन थालेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?