+
+

सुरक्षा चुनौतीबीच सलमानको घरमा बुलेटप्रुफ सिसा जडान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १५:००

काठमाडौं । बलिउड अभिनेता सलमान खानका लागि सन् २०२४ निकै चुनौतिपूर्ण रह्यो । अप्रिल महिनामा भारतको मुम्बईस्थित निवास ग्यालेन्सी अपार्टमेन्ट बाहिर गोली प्रहारको घटना भयो । उनी निकट बाबा सिद्दिकीको हत्यापछि पनि उनलाई पटक–पटक हत्याको धम्की आइरहेको छ ।

लगातारको धम्की भाइजानलाई मात्र होइन उनको परिवार र फ्यानलाई पनि स्तब्ध बनाइरहेको छ । सुरक्षा थ्रेटको कारण अभिनेता बालकनीमा समेत आउँदैन थिए । तर, अब उनको बालकनीलाई बुलेटप्रुफ बनाइएको छ । अब सलमानले बुलेटप्रुफ बालकनीबाट इदमा फ्यानलाई अभिवादन गर्नेछन् ।

सलमानको अपार्टमेन्ट बाहिर मर्मत सम्भारको काम चलेको जस्तो देखिएको थियो । अब यो निर्माणको कार्य एक किसिमले सम्पन्न भएजस्तो देखिन्छ । अभिनेताको बालकनीमा बुलेटप्रुफ सिसाले कभर गरिएको छ । यसो गर्दा विशेष अवसरमा फ्यानलाई सहजतापूर्वक अभिवादन गर्न सजिलो हुने अपेक्षा छ ।

अहिले सलमान आगामी फिल्म ‘सिकन्दर’को छायांकनमा ब्यस्त छन् । जुन फिल्म इदको अवसरमा रिलिज हुनेछ । यसमा उनी रश्मिका मन्दानासँग देखिनेछन् । यसबाहेक उनी ‘बिग बोस’ सिजन १८ को होस्टको रुपमा पनि ब्यस्त छन् । उनले महाराष्ट्र सरकारबाट ‘वाइ’ श्रेणीको सुरक्षा पनि पाएका छन् । बाबा सिद्दिकीको हत्या भएपछि उनको सुरक्षा घेरा बढाइएको थियो ।

सलिम खानले एक अन्तर्वार्तामा बताएअनुसार, अप्रिल २०२४ मा भएको गोलीबारी घटना र धम्कीपछि, मुम्बई प्रहरीले सावधानीका रूपमा अभिनेतालाई बालकनी र सडकको झ्यालतर्फ जान निषेध गरेको थियो । परिवारका सदस्यलाई पनि त्यसै गर्न आग्रह गरिएको थियो तर उनले त्यसको समाधान गरेर घरलाई बुलेटप्रुफ बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?