+
+

‘एक्टर’को गीतले लोभलाग्दो भ्यूज पाएपछि के भन्छन् हर्कुलस ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १५:२५
संगीतकार हर्कुलस बस्नेत (बायाँ) र फिल्मको दृश्यमा डेब्यु अभिनेत्री दिब्या रायमाझी ।

काठमाडौं । फिल्म ‘एक्टर’को गीत ‘के भरोसा गरम’ले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरिरहेको छ । रिलिजको २ दिनमै यसलाई युट्युवमा १४ लाखभन्दा धेरै पटक हेरिएको छ ।

भ्यूज राम्रो पाएपछि संगीतकार हर्कुलस बस्नेतले उत्साह व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत दर्शकलाई धन्यवाद दिँदै उनले फिल्मको टीमसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको बताएका हुन् ।

उनले भनेका छन्, “यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले १४ लाख भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो, आज म यो टिमसँग उभिन पाउँदा आफैँलाई भाग्यमानी र गर्व महसुस गरिरहेको छु ।’

‘प्रदिप खड्कासँग यो मेरो पहिलो चलचित्र गीत हो, जो अत्यन्त बहुप्रतिभाशाली र साहसी छन्, र प्रतिस्पर्धात्मक पनि भन्नुपर्छ । आना सधैँ मेरो मन पर्ने र मेरो लागि भाग्यमानी व्यक्ति हुनुहुन्छ भन्ने मलाई लाग्छ । म राजबल्लभ कोइरालाको पुनरागमनका लागि शुभकामना दिन्छु, र उदाउँदै गरेको प्रतिभा दिव्यालाई पनि’ हर्कुलसले लेखेका छन् ।

गायिका इन्दिरा जोशीलाई पनि उनले सम्झिएका छन्, ‘प्लेब्याक गायनमा तपाईँ जति बहुप्रतिभाशाली कोही छैन ।” यो गीत स्टुडियो डिएचबीमा उत्पादन गरिएको हो । म्युजिक एरेन्ज पनि बस्नेत आफैँले गरेका हुन् । गीतमा अभिनेता खड्का र दुई एक्ट्रेस आना शर्मा र दिव्या रायमाझी छन् ।

गीतको नृत्य निर्देशक किरण थापाले गरेका हुन् । निर्देशन राजन भुसालले गरेका हुन् । आकाश बराल र राजन भुसालले मिलेर पटकथा लेखेका हुन् । फिल्ममा दिव्यदेव, उषा रजक, सृजना अधिकारी र सुशील सिटौलाको अभिनय छ । फिल्मलाई अधृत फिल्म्स् र अ मोती फिल्मले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?