+
+

फिल्म रिलिज गर्दा निर्माता संघ र चलचित्र संघमा अनिवार्य दर्ता गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १६:२७
फाइल तस्वीर

काठमाडौं । अबदेखि हलमा फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । चलचित्र संघमा वितरकले फिल्म दर्ता गर्दा अनिवार्य निर्माता संघको पनि सिफारिस पेश गर्नुपर्ने सहमति जुटेको छ ।

मंगलबार प्रदर्शक संस्था चलचित्र संघ र निर्माता संघका कार्यदलबीच यसबारे बैठक भएको थियो । छलफलमा उक्त सहमति जुटेको चलचित्र संघको तर्फबाट कार्यदल संयोजक गोपाल कायस्थ र निर्माता संघका तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले जानकारी दिए ।

यो सहमतिपछि निर्मातालाई अनिवार्य संस्थामा दर्ता हुनुपर्ने बाध्यता हुनेछ । अहिले कतिपय निर्माताले सोझै वितरक वा हललाई सम्पर्क गर्दै फिल्म रिलिज गर्ने गरेका थिए ।

बैठकमा यसअघि चर्चामा आएजस्तो एक सातामा दुई फिल्म रिलिज गर्नेबारे छलफल भएपनि कुनै निर्णय नभएको कार्यदल संयोजक कायस्थले बताए । ‘हामी खुला बजार प्रतिस्पर्धाका पक्षपाती हौं’ उनले भने, ‘यसको जिम्मा हामीले निर्माता संघमा छाडेका छौं । यसबारे कुनै निर्णय भएको छैन ।’

निर्माता संघका तर्फबाट कार्यदल संयोजक सुब्बाले पनि फिल्म रिलिजको लागि निर्माता संघमा अनिवार्य दर्ता हुनुपर्ने सहमति जुटेको बताए । ‘हामीले रिलिजको लागि संस्थागत प्रणाली अपनाउन खोजेका हौं’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?