+
+

केन्द्रीय सदस्यलाई ओलीले भने- केही कुरा भए बैठकमा राख्नू, सडकबाट हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १६:४३

२३ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राखेसँगै सकिएको हो ।

बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन/तीन मिनेट धारणा राखेका थिए ।

बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा कुनै गुट र विचारधारा नभएको प्रष्ट पारेका छन् ।

‘अध्यक्षले प्रष्ट भन्नुभएको छ, विचारधारा र गुट पार्टीमा छैन । विचारमा हाम्रो कुनै मतभिन्नता छैन,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले, ‘आफ्नो कुनै कुरा राख्न मन छ भने बैठकमा राख्नुस् । यहाँ राखेका कुरा सुनिन्छ । पार्टीका विषयहरू सडकमा राख्ने र सडकबाट जनमत बनाउँछु भन्ने कुरा प्रक्रियाका हिसाबले ठिक हुँदैन ।’

केही स्वार्थ समूहहरू भन्दा बाहेक अन्य कोही पनि पार्टीमा गुट बनाएर नहिँडेको ओलीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?