+
+

देउवा–लिङ्देन भेटवार्ता

देउवानिवासमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते २१:०९

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भयो,’ श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?