+
+

एमाले र माओवादीको बैठक जुध्नु विचित्रको संयोग हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:२२

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र नेकपा एमालेको केन्द्रीय समितिको बैठक एकै समयमा पर्नु संयोग भएको बताएका छन् ।

गत आइतबार दुवै पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको थियो । दुवै पार्टीको बैठक मंगलबार सकिँदैछ ।

बैठक सकिनु अगाडि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रचण्डले एमालेसँग केन्द्रीय समितिको बैठक जुध्नु संयोग भएको बताएका हुन् ।

‘हाम्रो पार्टीसँगै एमाले पार्टीको पनि बैठक चलिरहेको छ । यो विचित्र संयोग हो’ प्रचण्डले भनेका भनेका छन्,‘यो बैठक र त्यो बैठक जनताले पक्कै दाँजेर हेर्छन् ।’

प्रचण्डले केन्द्रीय समितिको बैठकमा जवाफ दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?