+
+

माओवादीले ‘युवासँग माओवादी’ कार्यक्रम चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:३०

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले युवासँग माओवादी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा समेत यससम्बन्धी व्यवस्था प्रस्ताव गरेका थिए ।

गत आइतबार ३० पेजको राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले नयाँ युवाहरूलाई पार्टीकरण गर्ने योजना अगाडि सारेका थिए ।

प्रतिवेदनमा भनिएको छ, ‘युवाहरूलाई क्रान्तीकारी बिचारमा राजनीतिक रूपमा आर्कषित गर्न र कम्युनिस्ट तथा क्रान्तीकारी आन्दोलन र पार्टीमा संगठित गर्न उपयुक्त विधि निकानुपर्छ । यसका लागि विशेष कार्यदल बनाइ कार्यशालाको समेत आयोजना गरी योजनाको विकास गर्नुपर्दछ ।’

युवालाई अवसर दिँदा पार्टीको हित र आवश्यकताका आधारमा जिम्मेवारी र कार्यविभाजन गर्ने र जिम्मेवारीको उपलब्धिहीन निरन्तरतालाई विराम लगाइने भनिएको छ ।

यसमा केन्द्रीय सदस्यहरू सर्वसम्मत रहेको भन्दै प्रचण्डले युवासँग माओवादी कार्यक्रम चलाउने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?