२३ पुस, बुटवल। नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ।
मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनमाथि संघर्षपूर्ण जीत निकाल्दै फाइनलमा पुगेको हो।
पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेट २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – १४ ले आफ्नो पक्षमा पारेको थियो ।
त्यसपछिको २ सेट पनि पुलिसले २५–२१ र चौथो सेट २७-२५ मा जित्दै फाइनलमा पुगेको हो । अब पुलिसले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबकाबिचको विजेतासंग फाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया 4