+
+

६ महिना अभियान, अर्को ६ महिनापछि महाधिवेशन

माघ महिनाभरि अभियानको तयारी गरेर १ फागुनमा जनयुद्ध दिवस मनाउने, हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:५०

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।

६ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने र महाधिवेशनको तयारीमा जाने अध्यक्ष प्रचण्डले घोषण गरे ।

बैठक समापनका क्रममा सम्बोधन गर्दै उनले अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने स्पष्ट गरे ।

माघ महिनाभरि अभियानको तयारी गरेर १ फागुनमा जनयुद्ध दिवस मनाउने, हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्यपहाडी लोकमार्गमा जनतासंग माओवादी अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?