+
+

माछापुच्छ्रेमा हिउँको घुम्टो (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १८:३७

२३ पुस, पोखरा। कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपास हिमपात भएको छ । वर्षकै पहिलो हिमपात भएपछि कालो पत्थरमा परिणत माछापुछ्रे हिउँले ढाकिन सुरु गरेको छ । हिमपात भएपछि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृंला सेताम्मे हुन थालेको छ ।

कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण, मादी गाउँपालिकाका उच्च भेगमा हिमपात भएको हो । वर्षकै पहिलो हिउँ परेपछि कास्कीको मादी गाउँपालिका, ताङतिङ क्रपुडाँडाका पर्यटन व्यवसायी खुसी भएका छन् । हिउँ परेपछि पोखरादेखि धेरै पर्यटक आउने भएकाले उनीहरु उत्साहित भएका हुन् ।

‘पहिलेकै समयमा हिउँ परे पनि अहिले अलि पातलो परेको छ । यतिबेला पहिले अलि धेरै बाक्लो पथ्र्यो’, क्रपुडाँडामा पर्यटन व्यवसायी गरिरहेका खेम गुरुङले अनलाइनखबरसँग भने, ‘जे भए पनि हिउँ पर्‍यो, यति भएपछि पोखरादेखि धेरै पाहुना आउँछन्, हामीलाई पनि सजिलो हुन्छ ।’ उनका अनुसार क्रपुडाँडामा अहिले पनि हल्का हिमपात भइरहेको छ ।’

पुसको मध्य समयसम्म हिउँ नपर्दा माछापुच्छ्रे लगायत आसपासका हिमशृंखलामा हिउँको मात्रा व्यापक घटेको थियो । हिउँ नपरेका कारण कालापत्थर बनेका हिम शृंखलाप्रति वातावरणकर्मीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । जलवायु परिवर्तनका कारण पर्याप्त मात्रामा हिमपात तथा वर्षा नभएको उनीहरुको भनाइ छ ।

उच्च भेगमा हिमपात हुँदा पोखराका विभिन्न ठाउँमा असिनासहित वर्षासमेत भएको छ । हिमपातसँगै भएको वर्षातले कास्कीमा यतिबेला चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको ३ दिने मौसम पूर्वानुमानले पनि गण्डकीका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना देखाएको थियो । महाशाखाले भोलिदेखि भने गण्डकीमा मौसम खुल्दै जाने उल्लेख गरेको छ ।

तस्वीरहरू : विकास मगर/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?