+
+

धीरज र मिरुनाले ‘कुस्ती’मा आइआइएफटीका विद्यार्थीले बनाएका पहिरन लगाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १९:२१

काठमाडौँ । बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म ‘कुस्ती’को भेषभूषा पार्टनरको रुपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र ऊर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार फिल्मका कलाकार धीरज मगर र मिरुना मगरले आइआइएफटीका २४ विद्यार्थीले डिजाइन गर्ने पहिरन लगाउनेछन् ।

सम्झौतापछि निर्देशक योञ्जनले भने, ‘हामीले आइआइएफटीमा अध्ययनरत विद्यार्थीलाई फेसनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मूर्तरुप दिनेमा विश्वस्त छौँ ।’

कलाकारद्वय धीरज र मिरुनाले आइआइएफटीसँग पहिलोपटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरनबारे विमर्श गर्दै केही पोशाक ट्रायल पनि गरेका छन् ।

आइआइएफटी प्रमुख सन्नी सुब्बालेसहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्, ‘हामीले फेसन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनुहुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेसनमा बदलाव ल्याउने छ ।’

सो अवसरमा निर्देशक योञ्जन र कलाकारद्वयले विद्यार्थीसँग अन्तरक्रिया गरे । अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा हुनेछ । फिल्म फागुनदेखि छायांकन हुने तयारी छ । २०८२ सालको भदौमा प्रदर्शन लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?