
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूलाई प्यालेस्टेनीको पक्षमा उभ्याएको छ ।
आइतबारदेखि तीनदिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्यालेस्टेनी जनताको सार्वभौम राज्यको मागलाई उचित ठहर गरेको छ ।
केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ र संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गर्दछ ।’
इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै माओवादीले पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आह्वान गरिएको छ । माओवादी केन्द्रले हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवं मध्यपूर्व लगायतका ठाउमा रहेका नेपालीहरुको सुरक्षाको सुनिश्चितताका लागि थप कूटनीतिक पहल बढाउन सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
प्रतिक्रिया 4